विचार

न्याय हराएको देश नबनोस नेपाल

काठमाण्डौं, भाद्र ९ । सरकार माथिको जनविश्वास घटिरहेको अवश्था सबैलाई थाहा भएको नै कुरा हो । त्यो हामी सडकबाट नै देख्न सकिन्छ ।
रबि लामिछाने सर्मथकहरुले सडक तताएको नै देखिन्छ । पत्रकार शालिकराम पुडासैनीको मृत्युको सवालमा हत्या हो कि दुरुत्साहन भन्ने विषय अनुसंधानकै विषय हो । यस विषयमा सरकार मौन नै बसेको राम्रो मेरो विचारमा । किन राज्यमा न्यायिक निकाय हुदाहुदै सरकारले यस्तो कुरामा हस्तक्षेप नगरे कै राम्रो । न्यायलयलाई स्वतन्त्र नै राख्नु पर्दछ । शक्ति पृथकिकरणको सिद्वान्तले यहि भन्छ । यस मामलामा सरकार मौन पनि छ । कहिले काहि दवाबमा आएर न्यायलयलाई स्वतन्त्र नराख्दा अपराधिहरु छुट्ने गर्छन ।
त्यो कुरा हामी निर्मला पन्त हत्या काण्डबाट पनि थाहा पाउन सक्छौ किन भने सबै प्रमाणले दिलिप बिष्टलाई दोषि देखाउदा देखाउदै पनि डिएनए रिपोर्टमा मात्र भर पर्दा र आन्दोलनले गर्दा दिलिप बिष्ट छुट्न पुग्यो । दिलिप विष्ट स्वयमले हत्याको सम्पुर्ण विवरण सहित स्वीकार गर्दा गदै पनि भिडको कुराले निर्मला पन्तले न्याय पाउन सकिनन् । दिलिप बिष्ट पक्राउ पर्दा त्यहि भिड थियो जसले दिलिप विष्ट निर्दोस हुन भन्ने । र तिनै भिड हो दिलिप बिष्ट छुटे पछि निर्मला पन्तको हत्यारा कहाँ छ भनेर आन्दोलन गर्ने । निर्मला पन्तको दुखद हत्या माथि प्रतिपक्षि तथा सरकार विरोधीहरुले लासको राजनिती गरे । राजावादीहरु सलवलाए । जनमानसमा सरकार प्रतिको जनविश्वास घटाउन लाई गरिएकोे त्यो पहिलो गतिलो प्रयास थियो त्यस विषयमा लास माथि राजनिति गर्नेहरु सफल नै भए ।
हामीले यो बुझ्नु जरुरी छ कि भिडले न्याय गर्दैन न्याय अदालतले गर्नु पर्ने हो । र अदालति न्याय निश्पक्ष छानबिन र अनुसंधानले गर्नु पर्दछ किन भने न्याय रबि लामिछानेको लागि मात्र होईन शालिकराम पुडासैनिलाई पनि चाहिन्छ । भलै रबि लामिछाने जत्तिको लोक प्रिय नहोला शालिकराम पुडासैनी तर लोकप्रिय मानिसले अपराध नै गर्न सक्दैन भन्ने त होईन नि । मेरो व्यक्तिगत रुपमा रबि लामिछाने सँग लिनु दिनु केहि छैन ।
मरो विचारमा कानुनले स्वतन्त्र रुपमा मुद्दाको अनुसंधान चाहि गर्न पाउनु पर्छ । चाहे रबि लामिछाने दोषि होस या नहोस । मृतकको मर्नु भन्दा अगाडी रुदै रबि लामिछाने र अन्य दुईलाइ दोषि बताउदै भिडियो भएका कारण आवश्यक परे जति रबि लामिछानेलाई हिरासतमा राख्न पाउनु पर्छ । यो रबि लामिछानेको व्यक्तिगत जीवनको लागि पनि अग्नि परिक्षाको घडि हो । समर्थकले सडक तताए पनि यदि सर्मथकको चर्को आवाजले यदि उसले अपराध गरेको हो भने उसको अपराध पखालिने वाला छैन । तर अहिले ५ लाख धरौटीमा रवि हिरासतबाट छुटे पनि यदि उ गलत हो भने सत्य एकदिन अवश्य अगाडि आउछ । कतिपय अवस्थामा भिड दिग्भ्रमित पनि हुन सक्छ उक्त कुरा हामी भारतमा भएका चर्चित घटनाहरु बाबा रामरहिम र आशारामको घटनाबाट थाहा पाउन सक्छौ । यो भन्दा चर्को आन्दोलन त्याहा पनि भएकै थियो । तर उक्त मुद्दामा उनीहरु दुवै दोषि पाईए । अर्को कुरा यदि रबि निर्दोष सावित हुन्छ भने उनलाई निसर्त सफाई दिनु पर्छ । राज्यले रबिलाई पुर्वाग्रहि ढंगले फसाउने प्रकृतीको व्यवहार कदापि गर्नु हुन्न किन भने रबिलाई फसाउनु खोज्नु भनेको सरकारको लोकप्रियता अझ घटाउनु हो ।
न म रबिको सर्मथक हो न बिरोधी एउटा न्याप्रेमि पत्रकार , युवा भएको हिसाबले राज्यले न्यायलयलाई स्वतन्त्र अनुसंधान गर्न दिनु पर्छ । न्यायलय पनि न त सत्ता र शक्तिको प्रभावमा पर्नु हुन्छ न त भिड कै प्रभावमा । न्याय हराएको देश बनाउनु हुन्न नेपाललाई । हामी नागरीक न्यायको पक्षमा छौ । न्यायलय माथि विश्वास पनि छ । रबि र शालिक राम दुवैले न्याय पाउनु पर्छ ।
(लेखक पत्रकार तथा विद्यार्थी नेता मिलन राई)

Leave a Reply

Your email address will not be published.