राजनीति

एमाले मेचीनगर ११ वडाकमिटीको अध्यक्षमा रिजाल

मेचीनगर । नेकपा एमाले मेचीनगर–११ को वडा अधिवेशन सम्पन्न भएको छ । सोमवार मेचीनगर ११ धाइजन स्थित जलपा सामुदायिक भवनमा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले राम कुमार रिजालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा यसोदा डाँगी सचिवमा श्याम शिवाकोटी सहसचिवमा सपनी थेवी, दिपेन्द्र बानिँया चयन भएका छन् ।

त्यसैगरी सदस्यमा महानन्द भट्टराई, नरेन्द्रकुमार राई, निर्मला कोइराला, देवका डाँगी, संगीता राजवंशी, झुमा भेट्वाल, सुजन कुवँर, लक्ष्मीप्रसाद प्रसाइ, निर्मला पौडेल, लालबहादुर गौतम,भिमा रिजाल, आदित्य भट्टराई, विष्णुबहादुर पन्त, लालबहादुर कार्की, डिल्ली अधिकारी, कल्पना राई, विकास पाठक, बालिका मैनाली, बालकुमारी प्रधान, इन्द्र खतिवडा, जीतबहादुर पाचँकोटी, बिमला बराल, सञ्जु अधिकारी, प्रेम कार्की, भावना हिङमाङ, चन्द्र बहादुर कार्की र सन्तलाल मेचे चयन भएको बताइएको छ ।

नेकपा एमाले केन्द्रिय कमिटि सदस्य रवीन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रिय सदस्य मीना पोखरेल उप्रेती, एमाले केन्द्रिय सल्लाहकार सदस्य बिष्णु प्रसाइ, भिम खवास, प्रदेश सदस्य श्रीप्रसाद मैनाली, प्रदेश सदस्य तथा मेचीनगर इन्चार्ज देवकुमार राई, जिल्ला सदस्य राजु पोख्रेल, कृष्ण कनाल, संगीता थापा, रमा भण्डारी, रेणुका डाँगी, मेचीनगर अध्यक्ष राजु कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

एमाले मेचीनगर अन्तरगत १ र ४ र १४ को अधिवेशन सम्पन्न भइसकेको छ । अन्य वडाको अधिवेशन पनि भदौ भित्रमा सम्पन्न गर्ने तयारी गरिएको र समय तालिका पनि सार्वजनिक गरिएको नगर अध्यक्ष कार्कीले जानकारी दिए ।