मेचीनगर । मेचीनगर नगरपालिकामा पाँच वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाहरुको शीघ्र पहिचान र प्रेषण गर्न स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सुरू भएको छ । मेचीनगरको सभाहलमा आजबाट सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम असोज १५, १६ र १८ गते सम्म आयोजना हुने छ । नगरपालिकाको आयोजनामा आयोजित अभिमुखीकरण कार्यक्रममा मेचीनगरमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको छ । पाँच बर्ष मुनिका Read More…
Month: September 2024
नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए। समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको Read More…
बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु
काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइ हालसम्म करिब चार हजार पाँच सयभन्दा Read More…
ओझा परिवारले गरे छोरीको जन्मदिनमा मानव सेवा आश्रमलाई नगदसहित औंषधि सहयोग
मेचीनगर । मेचीनगर १० धुलाबारी निवासी समाजसेवी सोम ओझाले आफ्नी सानी छोरी सिधिका ओझाको ५ औं जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई नगदसहित औंषधि सहयोग गरेका छन्। मेचीनगर १० का वडा सदस्य समेत रहेका ओझा मेचीनगरको सामाजिक क्षेत्रमा अग्रपंक्तिमा आउने नाम हो । उनले थुप्रै सामाजिक संघसंस्थामा सहयोग पुर्याउनुका साथै गरिब अशक्त तथा असाहय परिवारलाई नगद Read More…
अबिरल बर्षा र बाढीले जिल्लास्तरीय फुटबल प्रतियोगिता स्थगित
मेचीनगर। झापाको मेचीनगर ८ स्थित “इटाभट्टा फुटबल क्लब”ले प्रथम इटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता असोज १२ गतेदेखि आजदेखि सञ्चालन गर्ने तयारी गरेकोमा बिगत केहि दिनदेखि आएको अभिरल बर्षा र बाढीका कारण खेल स्थगन गरिएको छ । स्थानीय युवाहरुको चौतर्फी खेलकुद विकासलाई मध्यनजर गर्दै असोज १९ गतेसम्म “प्रथम इटाभट्टा नकआउट जिल्ला स्तरीय फुटबल प्रतियोगिता”’ गर्ने तयारी Read More…
प्रथम झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता हुने
काठमाडौं । प्रथम झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ सन्चालन हुने भएको छ । डिएभी स्कुल जावलाखेल,ललितपुरमा हुने प्रतियोगितामा ३० बर्ष मुनिका खेलाडी रहने छन् । उक्त फुटसल प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन । १२ गते शनिवार सन्चालन हुने उक्त फुटसल प्रतियोगितामा झापा क्षेत्र नं. १ का ७ वटा टिम बिच प्रतिस्पर्धा Read More…
बिर्तामोड चिल्ड्रेन हस्पिटलले मनायो तेस्रो स्थापना दिवस
बिर्तामोड । बिर्तामोड-१ स्थित झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ले झापाली पत्रकारहरुबीच आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको तेस्रो वर्ष मनाएको हो । बालबालिकाको मात्रै उपचार गर्ने छुट्टै अस्पतालको रुपमा स्थापित हस्पिटल २०७९ असोज १० गतेबाट सुरु भएको थियो । १ भेन्टिलेटर, ४ Read More…
८० हजार घुससहित पक्राउ परेका वडाअध्यक्ष ओली निलम्बनमा
झापा । बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन्। सेवाग्राहीसँग घुस लिँदा लिँदै बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडि रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको हो। वडा अध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार घुस लिँदा Read More…
मेचीनगरले दियो आश्रमलाई ह्विल चेयर
मेचीनगर । मानव सेवा आश्रममा अशक्त रहेका ज्येष्ठ नागरिकहरुलाई शौचालय जान बोकेरै लानु, ल्याउनु पर्ने अवस्था भएपछि मेचीनगर नगरपालिकाले आश्रमलाई दुई वटा ह्विल चेयर प्रदान गरेको छ । आज मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले मेचीनगर–४, बाहुनडाँगी स्थित मानव सेवा आश्रमका कर्मचारीहरुलाई २ वटा ह्विल चेयर प्रदान गरेकी हुन् । बुधवार दिउँसो कार्यालयमा कार्यवाहक मेयर Read More…
भोलिदेखि मनसुन सक्रिय, झापासहित ५६ जिल्लामा ‘रेड अलर्ट’
झापा । बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ। आइतबारसम्म मनसुन सक्रिय हुने भएकाले ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै ५६ जिल्लामा सतर्कता अपनाउन आह्वान गरेको छ। विभागले कोशी प्रदेशको ११ जिल्ला, मधेसको तीन जिल्ला, बागमतीको १२ जिल्ला, गण्डकीको१० जिल्ला, लुम्बिनीको १२ Read More…