मेचीनगर । मेचीनगर नगरपालिकामा पाँच वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाहरुको शीघ्र पहिचान र प्रेषण गर्न स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सुरू भएको छ । मेचीनगरको सभाहलमा आजबाट सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम असोज १५, १६ र १८ गते सम्म आयोजना हुने छ ।
नगरपालिकाको आयोजनामा आयोजित अभिमुखीकरण कार्यक्रममा मेचीनगरमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको छ ।

पाँच बर्ष मुनिका अपाङ्गता भएका बालबालिकाहरुको शीघ्र पहिचान र प्रेषण सम्बन्धि आयोजित चारदिने स्वास्थ्यकर्मी अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा मेचीनगर प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्त प्रकाश वस्ती, महिला बालबालिका शाखा प्रमुख जयन्ती खरेललगायतको आतिथ्य रहेको थियो ।



