अर्थ

झापामा अवैध नेटवर्किङबाट ठगिँदै सर्वसाधारण, स्थानीय प्रशासन बेखबर

झापा । प्रशासनको अनुमति बिना नै चिठ्ठा मार्फत ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्दै आएको मेची कमर्स एण्ड ट्रेड प्रालिले कानुनले वर्जित गरेको पिरामिड शैलिमा नेटवर्किङ ब्यवसाय संचालन गरी सर्बसाधारणको करोडौं रुपैयाँ रकम ठगी गरिरहेको खुलासा भएको छ । उक्त प्रालिले चिठ्ठामार्फत किस्तामा सर्वसाधारणलाई टेलिभिजन सेट बिक्री गर्ने भन्दै ठगी गरिरहेको भएपनि स्थानिय प्रशासन बेखबर र Read More…

समाचार

अख्तियारले लग्यो घुस लिने वडाध्यक्ष र दिने भातीय नागरिकलाई

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले बुद्धशान्ति २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली र भारतीय नागरिक अमरनाथ चौहानलाई अनुसन्धानका लागि इटहरी लगेको छ । झापा प्रहरीका अनुसार अख्तियारको टोलीले दुवै जनालाई थप अनुसन्धानका लागि केहीवेर अघि लगेको छ । आज दिउँसो बुद्धशान्ति २ का वडाध्यक्ष ओलीलाई नेकपा विप्लप माओवादीका कार्यकर्ताले बिर्तामोडमा ८० हजार रुपैयाँसहित Read More…

संघ \संस्था

अव मेचीनगरको भुक्तानी सिधै सेवाग्राहीको खातामा

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा मंगलबारदेखि इलेक्ट्रोनिक्स फण्ट ट्रान्सफर प्रणाली (इएपटी) लागु भएको छ । यो प्रणाली लागू भएसँगै नगरपालिकाबाट भुक्तानी लिने सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधैं बैंक खाता पठाइने छ । ‘कुनै पनि किसिमको भुक्तानी लिन अव नगरपालिका धाउनु पर्दैन, हामीले सेवाग्राहीको सुविधालाई ध्यान दिएर इएपटी प्रणाली लागु गर्याै,’ मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नी Read More…

समाचार

८० हजार घुससहित झापा बुद्धशान्तिका वडा अध्यक्ष किन पक्राउ परे ? यस्तो छ कारण

झापा । झापाका एक वडा अध्यक्ष सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका २ नम्बर वडा अध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।  सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदालिँदै वडा अध्यक्ष ओलीलाई विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका कार्यकर्ताले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ ।  स्ट्रिङ अपरेशन चलाएर वडा Read More…

संघ \संस्था

कम गुणस्तर भएपछि एनएमसी चियालाई ५० हजार धरौटी

मेचीनगर। झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाले उत्पादन गरी विक्री वितरण गरेको चियामा कम गुणस्तर भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय झापाले ५० हजार रुपैँया धरौटी तिराएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार एनएमसीको चिया कम गुणस्तरको पाइएकाले कारबाही प्रक्रिया अगाडी बढाएको र धरौटी तोकिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक Read More…

मनोरञ्जन

काँकरभिट्टा महोत्सव : आज साझ चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहने

मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ अन्तर्गत आज साझ चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहनेछ । काँकरभिट्टा भेट्रान्स फुटबल क्लबको आयोजनामा सञ्चालित महोत्सवमा दैनिक चर्चित राष्ट्रिय कलाकार तथा स्थानीयकलाकारहरूको प्रस्तुति रहदै आएको छ । यसै सिलसिलामा आज युवा पुस्ताले अत्यधिक मन पराइएकी चर्चित गायिका एलिना आउने भएकि हुन् Read More…

संघ \संस्था

अध्यक्षमा गिरी

मेचीनगर । मेचीनगर ८ स्थित सरस्वती टोल बिकास संस्थाको अध्यक्षमा पर्शुराम गिरी सर्वसम्मत चयन भएका छन् । संस्थाको बिहिवार सम्पन्न भेलाले गिरीको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा टिकाराम ढुङगाना, सचिबमा सुशीला पौडेल र कोषअध्यक्षमा सोभा श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा देबि बा.खड्का, मोहन श्रेष्ठ र Read More…

संघ \संस्था

मेचीनगर नगरपालिकाले भव्य रुपमा मनायो राष्ट्रिय शिक्षा दिवस

मेचीनगर । मेचीनगर नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस भव्यरुपमा सम्पन्न गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ मेचीनगर नगरपालिकाल भव्यताका साथ मनाइएको हो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भएको अवसर पारेर हरेक वर्ष असोज २ गते मनाइने शिक्षा दिवसअन्तर्गत बुधबार एक समारोहको आयोजना गरी दिवस बनाइएको हो । मेचीनगर–६, स्थित मेची सामुदायिक भवन काँकरभिट्टामा Read More…

मनोरञ्जन

काकडभिट्टा महोत्सव : लोकल ब्यान्डसँगै नाचे दर्शक, आज कमल खत्री आउँदै

मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा जारी काकडभिट्टा महोत्सव तथा रमाइलो मेलामा हिजो मंगलबार लोकल ब्यान्ड र विभिन्न नृत्य सँगै दर्शकहरु रमाएका छन्। लोकल ब्यान्डको प्रस्तुति सँगै उपस्थित दर्शकहरुले बेजोड रमाइलो गरेका हुन्। भदौ २६ गतेदेखि जारी महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ।  आज बुधबार पछिल्लो समयका चर्चित गायक कमल खत्रीको प्रस्तुति रहने आयोजकले Read More…

विविध

सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ

झापा । झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमान्डमा खटिएको ६ जनाको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको Read More…