मनोरञ्जन

काँकरभिट्टा महोत्सव : आज साझ चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहने

मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ अन्तर्गत आज साझ चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहनेछ ।

काँकरभिट्टा भेट्रान्स फुटबल क्लबको आयोजनामा सञ्चालित महोत्सवमा दैनिक चर्चित राष्ट्रिय कलाकार तथा स्थानीयकलाकारहरूको प्रस्तुति रहदै आएको छ । यसै सिलसिलामा आज युवा पुस्ताले अत्यधिक मन पराइएकी चर्चित गायिका एलिना आउने भएकि हुन् ।

काँकरभिट्टा खेलमैदानमा आगामी असोज १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा यसअघि अस्मिता अधिकारी, प्रिती आले, श्रीकृष्ण लुईटेल (बोकेदारी), कमल खत्री, उत्तमजंग लिम्बूलगायतका चर्चित राष्ट्रिय कलाकार तथा चर्चित ब्याण्डहरूको पनि प्रस्तुति रहिसकेको छ । उनीहरूले महोत्सवमा दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिसकेका छन् । यसै सिलसिलामा आज एलिना काँकरभिट्टा आउने भएकी हुन् ।

महोत्सवमा रोटेपिङ्गलगायत विभिन्न मनोरञ्जनात्मक खेलसामाग्री रहेको छ ।