संघ \संस्था

मेचीनगरका साइकल राइडरहरु संगठित, संयोजकमा सुब्बा

मेचीनगर । मेचीनगरका साइकल राइडरहरु संगठित भएका छन् । साइकल सर्कल ग्रुपको नाम राखी बिगत लामो समय देखी नै स्थापित साइक्लिष्टहरुको समुह शुक्रबार अर्जुन सुब्बाको नेतृत्वमा आदिकारीक रुपमै संगठित भएका हुन ।

झापाको मेचीनगरपालिका भित्रका साइकल खेलाडीहरु विभिन्न साइकल गतिविधि गर्ने भएपनि संगठित थिएनन् वा कुनै समयमा संगठित हुने प्रयत्न भएको भएपनि त्यसले आधिकारीकता पाउन सकेको थिएन । गत शुत्रबार मेचीनगरको धार्मिक पर्यटकिय स्थल पातालगंगा परिसरमा साइकल सर्कल ग्रुपको गठन भएको छ ।

अर्जुन सुब्बाको संयोजकत्वमा गठिट साइकल सर्कलको उपाध्यक्ष्मा शिव बस्नेत सचिवमा राजेस राउत तथा कोषाध्यक्षमा टिका बहादुर गौली रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रितम काफ्ले, बाबुराम खाती, सीता दाहाल बस्नेत, शुशीला सापकोटा, निभा तामङ्, अभिनास श्रेष्ठ र मनोज पौडेल रहेका छन् ।

मेचीनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष तथा साइकल सर्कलका संरक्षक ललित बहादुर तामाङले माइन्युट हस्तान्तरण गर्दै नव निर्वाचित तदर्थ समितिलाई बधाइ दिदैँ साइकल सर्कलले साइकल कुदाउने मात्र नभइ वातावरण संरक्षण, स्वास्थ्य तथा पर्यटनका विभिन्न गतिविधिहरु गर्दै खेलकुद तथा मनोरञ्जनात्मक क्रियाकलापहरु गर्न समितिलाई आग्रह गरे । उनले वर्तमान समयमा मानिसहरुको शारिरिक तथा मानसिक स्वास्थको लागि स्वस्थ वातावारण, मनोरञ्जन तथा शारिरिक कसरत आवश्यक पर्ने र साइक्लिङ मार्फत उक्त सबै कुरालाई समेट्न सकिन भएकोले नव गठित क्लबले धेरै काम गर्ने सक्ने बताए ।

क्लबका अध्यक्ष अर्जुन सुब्बाले आफ्नो नेतृत्वले प्रशासनमा दर्ता गर्ने देखि निकट समयमा नै साइकल सम्बन्धि विभिन्न गतिविधि गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै मेचीनगरमा विभिन्न ग्रूपहरुले साइकल राइड गर्ने तर संगठित नभएको अवस्थामा सबैलाई उक्त क्लबमा आवद्ध गराउने बताए ।

विगतमा गठन भएका क्लबहरुले प्रशासनिक मान्यता नपाएको कारण साइकल सर्कल नै मेचीनगरको पहिलो साइकल क्लब रहेको दावी समेत गरिएको छ । उक्त क्लबले हरेक शनिबार झापा, इलाम लगायत भारतको विहार तथा दार्जिलिङ्ग जिल्लामा राइड गर्ने गरेको छ । त्यस्तै जिल्ला कोरा राइडहरुमामा सहभागीता तथा लामो दुरीको राइडहरु समेत वेलामौकामा गर्ने गरेको छ ।

नव गठित क्लबको विधान मस्यौदा समितिको संयोजकमा दिपक पोखरेल तथा सदस्यमा हरि तिम्सिना र शिशिर चम्लागाँई रहेका छन् । क्लबले ३ महिना भित्र दर्ता प्रक्रिया सिध्याएर वैधानिकता प्राप्त गरेपश्चात मेचीनगरमा स्तरिय साइकल सम्बन्धि कार्यक्रम गर्ने बताइएको छ ।