काठमाण्डौं, भाद्र २० । शुक्रबार बिहानैदेखि देशका विभिन्न भाागमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंसिकदेखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका अधिकांश ठाउँमा दिनभर हल्कादेखि मध्यम वर्षा हुनेछ ।
काठमाडौंमा बिहानैदेखिको वर्षा जारी छ । सँधै खण्डवृष्टि हुने काठमाडौं उपत्यकामा आजबिहानैदेखि सबैतिर पानी पर्दा नदीमा पानीको बहाब बढेको छ भने सडकमा पानी जम्म थालेको छ ।
देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित वर्षाका साथै मध्य र पश्चिमका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसको प्रभावले पहाडि भु(भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले जारी गरेको ३ दिने मौसमी अनुमान यस्तो छ ।
भदौ २० गते (शुक्रबार)
दिउँसोस् देशभरी आंसिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ साथै पश्चिमि र मध्य भेगका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।
रातिस् देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ साथै पश्चिमि र मध्य भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ्र
भदौ २१ गते (शनिबार)
दिउँसोस् देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
राति, देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि भेगका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
भदौ २२ गते (आइतबार)
दिउँसोस् देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
रातिस् देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि र मध्य भेगका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

