खेलकुद

प्रथम नवदुर्गा फुटवलको उपाधि नकलबन्दाले जित्यो (भिडियो सहित)

मेचीनगर । प्रथम नवदुर्गा फुटवल क्लव द्वारा आयोजित काँकरभिट्टा स्थित दशगजा क्षेत्रमा सञ्चालित फुटवल खेलको उपाधि नकलबन्दा फुटवल क्लवले जितेको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा बुट्टाबारी क्लवलाई ५ –४ को अन्तरले हराउँदै नकलबन्दा युवा क्लवले उपाधि हात पारेको हो । उपाधिसँगै नकलबन्दाले रु १५ हजार नगद प्राप्त गरेको छ भने उपविजेता बनेको बुट्टाबारीले रु १० हजार प्राप्त गर्न सफल भयो ।

नेपाल पत्रकार महासंका कोषाध्यक्ष एवम् मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ती पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न फुटवल खेलमा उत्कृष्ट खेलाडीहरुलाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले स्वास्थ्य जीवनका लागि खेलिने खेल पछिल्लो समय लागु औषध विरुद्धको अभियाका रुपमा अघि बढेको बताए । खेल स्वास्थ्य जीवन र रमाइलोको लागि मात्र होइन् । उनले भने, ‘यो दुव्र्यशन विरुद्धको अभियान पनि हो ।’