काठमाण्डौं, भाद्र २१ । पाकिस्तानले भारतका राष्ट्रपति रामनाथ कोविन्दको हवाईजहाजलाई उसको हवाई क्षेत्रबाट जान अनुमति दिन अस्वीकार गरेको छ । पाकिस्तानका परराष्ट्रमन्त्री शाह मेहमूद कुरेशीले शनिबार ( आज) भनेका छन्, ‘पाकिस्तानले काश्मिरको वर्तमान अवस्थालाई ध्यानमा राख्दै भारतको लागि एयरस्पेस (हवाईमार्ग) बन्द गर्ने निर्णय गरेको छ ।’
प्रधानमन्त्री इमरान खानको नेतृत्वमा भएको बैठक पछि यो निर्णय भएको हो । राष्ट्रपति कोविन्द सोमबार आइसल्याण्ड, स्विजरल्याण्ड र स्लोभेनियाको ८ दिने भ्रमणमा जाने छन् । राष्ट्रपति व्यापार र आर्थिक क्षेत्रका एक ठूलो प्रतिनिधिमण्डलको साथ भ्रमण गर्दैछन् । जम्मू कश्मीरबाट धारा ३७० हटाएपछि पाकिस्तानले ८ अगस्टमा भारतका लागि हवाई क्षेत्र बन्द गर्यो ।
भारतीय विमानहरु को उपयोग को लागी ९ रुट मध्ये तीन रुटहरु बन्द छन् । यसले युरोप, अमेरिका र मध्यपूर्व देशहरूमा यात्रा गर्न भारतीय विमानहरूको लागि अतिरिक्त समय लिइरहेको छ । पाकिस्तानले यो भन्दा पहिले पनि पटकपटक बन्द गर्दै आइरहेको छ ।

