मेचीनगर । झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा आज बेलबारी एफसी मोरङ र युनाइटेड कर्साङ एफसी भारत बिच भिड्न्त हुँदैछ । दुवै टोली जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्ने दाउमा रहनेछन् ।
आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यी दुई टिम बिचको प्रतिष्पर्धा दिउँसो ४ बजेबाट सञ्चालन हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।
यसअघि बिहीबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजक युथ क्लब जोर्सीमलले उर्लाबारी एफसी मोरङलाई ४-१ गोल अन्तर पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।

