अर्थ

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाण्डौं, भाद्र २५ ।पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ घटाउने निर्णय भएको बताए ।

निगमका अनुसार मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर १०७ रूपैयाँ भएको छ । यसैगरी, डिजेल र मट्टीतेलको मूल्य ९५ रूपैयाँ प्रतिलिटर भएको छ । 

भारतको मोतिहारी–अमलेखगन्ज पाइपलाइन नेपालतर्फ ३६ किमि र बाँकी २७ दशमलव २ किमि भारततर्फ गरी कुल ६९ दशमलव २ किलोमिटर छ ।

Leave a Reply

Your email address will not be published.