काठमाण्डौं, भाद्र २५ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । उनी आज (बुधबार) बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् ।
सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्रीको मुटुको परीक्षण गराइएको छ । उनले यसअघि पनि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नै मुटुको परीक्षण गराएका थिए । त्यसैको फलोअप चेकअपका लागि ओली अस्पताल पुगेका हुन् ।

