काठमाण्डौं, भाद्र २६ । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा बसमाथि आगजनी गरिएको छ। बिहिबार बिहानै एक यात्रुबहाक बसमा अज्ञात समूहले आगजनी गरेका हुन् । महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरको यात्रुबाहक बसमा अज्ञात समुहले बिहान ५ बजे आगजनी गरेका हुन् ।
अज्ञात समूहले बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा बस आईपुगेपछि आगजनी गरेका हुन् । आगजनीबाट बसमा क्षति पुगेको छ तर यात्रुहरु भने सबै सुरक्षित रहेका छन् । गुडिरहेको बसलाई एक्कासी रोकेर आगजनी गरिएपछि यात्रुहरु डराएका थिए । उक्त कार्यमा को संलग्न छन् भन्ने चाही खुलेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

