खेमराज थाम्सुहाङ्ग
झापा । अव नेपालमा प्रधानमन्त्री चुन्ने प्रत्यक्ष प्रणालीमा गइ सकेको छ । सायद यो नेपालमा पहिलोपल्ट अभ्यास हुँदैछ होला मतलव दल वा स्वतन्त्रबाट योग्य नेपाली नागरिकले आफ्नो उमेद्धवार दिन्छ र त्यस उमेद्धवारलाई नेपाल देशभरीबाट हामीले आ–आफ्नो मतदान क्षेत्रबाट चुनाव चिन्हमा आफ्नो उमेद्धवारलाई मत हाल्न पाइन्छ । सबैभन्दा धेरै जसले मत संकलन गर्न सक्छ त्यो उमेद्धवार नै अव हुने संविधान अनुसार नेपालको प्रधानमन्त्री घोषणा हुन्छ । यस प्रणालीमा प्रधानमन्त्री शक्तिशाली र सक्रिय हुन्छ । सिधै तह तप्काका नागरिकसँग प्रत्यक्ष भेट र सम्पर्क हुन्छ ।
यस अघि संसद–दलीय व्यवस्था थिए । अनिवार्य दलमार्फत जनप्रतिनिधिको उमेद्धवार दिइ चुनावमा विजयी भइ क्षेत्रगत हिसावले कुल सिट मध्ये बहुमत जसले प्राप्त गर्न सक्छ त्यस बहुमत दलको अगुवाई मात्र संसदबाट प्रधानमन्त्री हुने चलन थियो । (पहिला–बहुमत सिट जित्नुपर्ने अव बहुमत प्राप्त गर्नुपर्ने) अन्य मुलुकमा राष्ट्रपति व्यवस्था पाइन्छ । ( जस्तैः अमेरिका, चीन, कोरिया, ब्राजिल इत्यादि) त्यस मुलुकमा राष्ट्रपति उमेद्धवारलाई प्रत्यक्ष रुपले जनताले मत खसाली छान्न पाइन्छ । जहाँ राष्ट्रपति नै सक्रिय र शक्तिशाली बन्छ ।
अव इतिहास हेर्दा वि. सं. २००७–२०७२ सम्म आइपुग्दा अन्दाजी ७५ वर्षभित्र ७ पटक संविधान फेरवदल भएसकेको पाइन्छ र यस अवधिमा सबै शासकहरु आर्यन समुह जो नेपालमा ३७ प्रतिशत छ । वि. सं. २००७, २०१७, २०३६, २०४७, २०५२, २०६२–६३ र २०८२ गरी जम्मा ७ पटक ठूलो जनधनको नोक्सान भएको छ । नेपाल आमाले कति भोगोस ? निर्मित, ऐतिहासिक, भौतिक वस्तु पूर्ण रुपमा ध्वस्त भैसकेको पाइन्छ । एउटै पुस्ताले घरी घरी यस्तो क्रियाकलाप देख्दै भोग्दै गर्दा बाटो नै त्यही लिएको पाइन्छ । (बरु जहाँनिया शासनले १०४ वर्ष भित्र तुलनात्मक हिसावले त्यस समयमा निकै विकास गरेको देखिन्छ ।)
हामी फेरी तुलनात्मक हिसावले विदेशीको विकास र सुविधा खोज्छौँ, जीवन हाम्रो सपना जस्तो होइन । विकास र परिवर्तन भनेको विस्तारै १५÷२० वर्षको अन्तरमा हुने हो तर यो अवधिमा पटक पटक नागरिक र भौतिक वस्तुको विध्वंश मात्र हुँदैछ ।
हाम्रा शासकहरु विदेशीको हातमा खेलौना भएर वा एकै जातीवादका शासक र प्रशासनिक भएर हो यो एकदम अहिलेको पुस्ताले विश्लेषण गरेको पाइन्छ । व्यवस्था फेरेको फेरै छौँ । त्यस हिसावले हेर्दा हाम्रो देश विश्वको एक राजनीतिक प्रयोगशाला मात्र भइरहेको स्थान देखिन्छ । देश उजाडीरहेकोछ र नागरिकले पनि दुःख पाइरहेको पाइन्छ । प्रत्येक नेपालीपनले अति देखि चार र आठ भइसकेको महसुस गरीरहेका छन् ।
त्यसकारण स्वदेश वा विदेशका नेपालीहरुको रोजाइ बौद्धिकहरुको अध्ययन र तिन करोड नेपालीहरुको इच्छा अनुसार एक पटक यस देशका मूलबासीलाई मौका दिनुपर्छ भन्ने संकल्प लिइसकेको चौतफी आवाज उठेको सुनिन्छ । जसको जनसंख्या ६७ प्रतिशत यस मुलुकमा पाइन्छ । एउटा बिडम्बना साधारण जनताको मन भडकाउनलाई विभिन्न कमीकमजोरी र दोष थुपार्ने गर्छ ।)
वि. सं. २०८२ साल फागुन २१ गते विहिबारको दिन चुनावको दिन पर्न जान्छ । उक्त दिन साइतको दिन पनि रहेछ । नेपाल राज्यभरिका नेपाली (३३प्रतिशत र ६७ प्रतिशत) हरुले स्वतन्त्र वा दलबाट आफ्नो उमेद्धवार दिएका हुन्छन् । तपाइँ हामी जहाँ भए पनि वा कुनै दलका सदस्य भए पनि नेपाली मन र अनुहार भएकालाई मत दिई नेपालको अस्तित्व र सर्वभौमसत्ता जोगाउनको निम्ति विजय गराउनु पर्छ । (उक्त दिन विदेशमा हुने सबै नेपालीलाई मत हाल्न निमन्त्रणा गर्दछौँ ।)
गुमेको भूभाग र मिचिएका सिमाना फिर्ता गराई नेपाल आमालाई नयाँ स्वरुप दिने नेपाली व्यक्ति प्रधानमन्त्री भएको अबको पुस्ता र समयले खोजेको छ ।
कः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बलियो पक्ष ः
१. नागरिकसँग प्रत्यक्ष सम्पर्क हुन्छ ।
२. दलीय शासनजस्तो बहुमत र अल्पमतको पक्षमा किनबेच हुँदैन ।
३. प्रधानमन्त्री सक्रिय र शक्तिशाली हुन्छ ।
४. निर्णय जिम्मा अधिकतम आफैँमा हुन्छ ।
५. कुनै पनि धर्म, लिङ्ग, जात समुहबाट पनि उमेद्धवार हुन पाउँछन् ।
६. दल वा स्वतन्त्रबाट पनि उमेद्धवार हुन पाउँछन् ।
खः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको दुलर्वपक्ष
१. दल वा प्रतिनिधिसँग गहिरो सम्बन्ध हुँदैन ।
२. दलको मात्र नभई स्वतन्त्र व्यक्तिबाट पनि उमेद्धवार हुन पाउँछ ।
३. खुल्ला प्रतिस्पर्धा हुँदा कतै विदेशीको गतिलो सहयोग र इसाराको कारण सिक्किम पनि हुन सक्छ ।
प्रत्यक्ष प्रधानमन्त्रीको चुनाव प्रणालीमा कमी कमजोरी नागरिक मतदाताको जिम्मेवारी हुन्छ । जुन दलीय व्यवस्थामा जनप्रतिनिधिको मात्र हन्छ । अन्तः अवको नेपाल बनाउने प्रधानमन्त्रीको होइन, तपाइँ हामी सचेत (विकसित राज्यको नागरिक जस्तो) नेपाली नागरिकको हातमा छ । शासन व्यवस्था नागरिकले सोचे भन्दा उच्च तहको, नीति निर्माण नेताको क्षमता भन्दा माथिको आइरहेको कारण यो दिने र लिनेको तालमेल नमिलेर यो अवस्था भोगिरहेका छौँ ।
(आफ्नै नेपाली मन, वातावरण र माटोले खोजेको नेता र नीति नभएर हो) आजदेखी नै सबै नेपालीले चाडपर्व नभनीकन व्यक्ति व्यक्ति, घर घर, टोल टोल सचेत गराउँदै जानुपर्ने समय आइसकेको छ । जय नेपाल