समाचार

८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण , सबै यात्रु सुरक्षित

काठमाण्डौं, भाद्र ३१ । निरन्तरको भारी बर्षा भईरहेको समय खराब मौसमको कारण काभ्रेपलाञ्चोकमा एकै पटक ८ वटा हेलिकप्टरको आकस्मिक अवतरण गरिएको छ। सोलुखुम्बुको लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेका ती हेलिकप्टर पाँचखाल नगरपालिकाभित्रका धान खेतमा ५ वटा र भकुण्डेबेसीमा ३ वटा हेलिकप्टरको आकस्मिक अवतरण गरिएको हो ।

सबै हेलिकप्टरमा विदेशी पर्यटकहरु रहेको र उनीहरु सबै सकुशल रहेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले बताए । अबिरल बर्षा र हुस्सुको कारण हेलिकप्टर उड्न नसकेपछि आकस्मिक अवतरण गरिएको हो । ती हेलिकप्टरहरु मनाङ एयर, सिम्रिक एयर, कैलाश एयरका रहेका छन् ।

Leave a Reply

Your email address will not be published.