कला

राजेशपायलको घरमा आगलागी, अवार्डहरु जलेर ध्वस्त

काठमाण्डौं, भाद्र ३१ । नेपाली संगीत क्षेत्रका चर्चित कलाकार राजेश पायल राईको घरमा सोमबार साँझ आगलागी भएको छ । आगलागीको कारण उनले जितेका सबै अवार्ड , प्रमाणपत्र र मायाको चिनोहरु जलेर ध्वस्त भएका छन् ।

एउटा कलाकारका लागि दर्शकहरुको माया सबैभन्दा ठुलो हुन्छ । तथापी आफुले गरेका कामहरुको प्रशंसा गरेर दिईएका अवार्डहरु ती कलाकारहरुका लागि असाध्य प्रिय हुन्छन् । तीनै प्रिय चीजहरुलाई गुमाएका छन् चर्चित गायक राजेश पायल राईले । नेपाली गीतसंगीतको क्षेत्रमा राई इज किंगको रुपमा चिनिएका भर्सटायल गायक राजेशले यी सब चीजहरु गुमाउँदाको पीडा कम छैन ।

सोही पीडा दर्शाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेका छन् । उनले सबै चीज भगवानले नै दिएको र सबै भगवानले नै लगेको भन्दै भावुक भएका छन् । उनले लेखेका छन् “गल्ती ,कमी कमजोरी मान्छे बाट हुन्छ भन्थे भगवान बाट नि हुदो रहेछ ,उनैले दिए उनैले लगे अब उनैले दिनेछन एक दिन फेरी गल्ती नगरिकन११ यो परीस्थिती मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवार प्रती यहाँ पर्देसी भुमी बाटै हार्दिक नमन । अवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब कहिलै नजलोस । म सदा तपाइहरु कै काखमा लुट्पुटिने मान्छे” । आगलागी सर्ट सर्किटबाट भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published.