समाचार

नेपालमा फेरी एक जना कोरोना संक्रमित थपिए

काठमाडौं, बैशाख ६ । नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका अनुसार शनिवार एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

आज पुष्टि भएका ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनको कोशी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए ।

ती पुरुषको कोशी प्रादेशिक अस्पतालमा पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । यससँगै कोरोना भाइरस पुष्टि भएकाको स‌ख्या ३१ पुगेको छ । जसमध्ये ३ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published.