नरेन इलामेली
इलाम, बैशाख ६ । इलाममा कोरोनाबारे अफवाह फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको फाकथोकथुम गाउँपालिका ७ बस्ने २४ बर्षिय सन्दिप योङ्हाङ लिम्बू रहेको प्रहरीले जनाएको छ ।
लिम्बूले शुक्रबार साँझ आफ्नो फेसबुक वालमा इलामको बिव्ल्याँटेमा एक जनामा कोरोना भेटियो भन्ने भ्रामक अफवाह फैलाएका थिए । उनको पोष्टमा विभिन्न व्यक्तिले टिप्पणी गरेसँगै लिम्बूले उक्त पोष्ट तत्काल हटाएका थिए ।
शनिबार पक्राउ परेका लिम्बूमाथि जिल्ला प्रहरी कार्यालय इलाममा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

