विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

काठमाडौं, बैशाख ७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ६० हजार ७४७ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २३ लाख ३० हजार ७८१ जना संक्रमित भएका छन् ।

अहिले विश्वका विभिन्न अस्पतालमा १५ लाख ७३ हजार ५५२ जनाको उपचार भइरहेको छ । जसमध्ये ५५ हजार २६५ जनाको अवस्था गम्भीर छ । ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् ।

विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ६ हजार ५०५ जनाको मृत्यु भएको छ । ८१ हजार २८७ नयाँ संक्रमित थपिएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार ९६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६९७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ६८ जार २६९ जना उपचारपछि निको भएका छन् । १३ हजार ५५१ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख ३१ हजार ४१७ जना उपचाररत छन् ।

कोरोना भाइरसको महामारीले इटालीमा २३ हजार भन्दा धेरैको मृत्यु भएको छ । शनिबार थप ४८२ को मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार २२७ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७५ हजार ९२५ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ४४ हजार ९२७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ७७१ जनामध्ये २ हजार ७३३ को अवस्था गम्भीर रहेको छ । इटाली कोरोना भाइरसले युरोपमा सबैभन्दा बढी प्रभावित भएको मुलुक हो । झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ । १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६३७ जनाको मृत्यु भएको छ भने ३ हजार ५७७ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा संक्रमितमध्ये ७४ हजार ७९७ जना उपचारपछि निको भएका छन् । उपचारारत ९८ हजार ९८० जनामध्ये ७ हजार ३७१ जनाको अवस्था गम्भीर ।

बेलायतमा पछिल्लो २४ घण्टामा ८८८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४६४ पुगेको छ । एकै दिन ५ हजार ५२५ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १४ हजार २१७ पुगको छ । बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८९ हजार ४०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ । भारतमा संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् । १२ हजार ७३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.