काठमाण्डौं, असोज २१ । मान्यजनका हातबाट नवदुर्गा भवानीको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर विश्वभरी छरिएर रहेको नेपाली समाजले विजयादशमी मनाउँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ भने टीकाको साइत १०ः३५ बजे छ । तथापि विजयादशमी आफैंमा शुभ दिन हो । जुनसुकै समयमा टीका लगाउन सकिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडादशैंको मुख्य दिन हो। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाइन्छ ।
विजया दशमीको उपलक्षमा हाम्रो खबरपाटी परिवार सम्पूर्ण देश तथा विदेशमा रहनु हुने नेपाली बुबाआमा, दाजुभाई, दिदिबहिनी सम्पूर्णमा हार्दिक शुभकामना अर्पण गर्दछ ।

