खेलकुद

नेपालले ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल खेल्दै

काठमाण्डौं, कात्तिक १८ । नेपालले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्दै छ । आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो ।

नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् । केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो । पूर्वकप्तान पारस पनि यो खेलमा खेल्दैछन् ।

बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनवसीय फष्र्ट क्लास क्रिकेट खेल हुनेछ । त्यस्तै, सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले एसीसीसँग कात्तिक २३ गते शनिबार टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published.