राजनीति

नेकपाले सिफारिस गर्‍यो ७ जना प्रदेश प्रमुख (नाम सहित)

काठमाण्डौँ, कात्तिक १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ। सोमबार विहान बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो।

शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) ,गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (काश्की), तिलक परियार (बाँके) र धर्मनाथ यादव (सिरहा) प्रदेश प्रमुखमा सिफारिस भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्। सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन।

सचिवालयमा प्रदेश प्रमुख टु‌ंगो लगेपछि सोमबार नै मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको प्रक्रियाअघि बढाउने बताइएको छ।

Leave a Reply

Your email address will not be published.