राजनीति संघ \संस्था

भारतीय प्रम मोदीको नागरिकले गरे काँकरभिट्टामा पुत्ला दहन

झापा, कात्तिक २५ । कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा मेचीनगरका अगुवा नागरिकहरुले काँकरभिट्टमा सोमवार प्रदर्शन गरेका छन् ।

नागरिक समाज काँकरभिट्टाको आयोजनामा भएको बिरोध ¥यालीमा स्थानिय नागरिक अगुवा, बिभिन्न दलका प्रतिनिधि, पत्रकार, र सर्वसाधरणहरुको बाक्लो उपस्थिति रहेको थियो । जुलुशको अगुवाई स्थानिय नागरिक अगुवा नेता डिल्लीराम घिमिरे, नेत्र कार्की , भुपाल शिवाकोटी, प्रितम काफ्ले, बालकृष्ण थापा, राजकुमार पराजुली, मोहनप्रकाश उप्रेतीलगायतले गरेका थिए ।

नेपालको राष्ट्रिय झण्डा सहितको जुलुशले काँकरभिट्टा बजार , देवकोटा पार्क हुदै नेपाल भारत सीमानाको मेची पुल सम्म पुगेर भारतीय बिस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो प्राण हो, सिमाना मिचन पाइदैन यस्तो छिमेकी चाइदैन कालापानी लिपुलेक हाम्रो हो लगायतका नारावाजी गरेका थिए । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन गरेका थिए।

बिरोध ¥याली पछि कोणसभालाई राप्रपा मेचीनगरका अध्यक्ष सुशील आचार्य, नेकपाका युवा नेता राजु कार्की, राप्रपा संयुक्तका जिल्ला सचिव नेत्र कार्कीलगायतले सम्बोधन गरेका थिए । कोण सभाको संचालन नेकपाका नेता ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.