काठमाडौं, मंसिर ०२ । पोर्चुगल सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ । लक्समबर्गलाई २–० गोल अन्तरले पराजित गर्दै साविक विजेता पोर्चुगल युरोकपमा छनोट भएको हो ।
युरोकप छनोट अन्तर्गत आइतबार भएको खेलमा पोर्चुगललाई जित दिलाउन बुर्नो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।
लक्समबर्गविरुद्ध खेलको ३९ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २–० को सहज जित दिलाए ।
यो जितसँगै ८ खेलबाट १७ अंक जोडेको पोर्चुगल समूह बी बाट समूह उपविजेता बन्दै युरोकपमा स्थान बनाएको छ ।
युक्रेन ८ खेमा २० अंक जोडेर शीर्ष स्थानमा रहदै युरोकपमा छनोट भएको छ । एजेन्सी

