राजनीति

नेकपाको वडा कार्यालय उद्घाटन, स्वतन्त्र र कांग्रेसबाट ६ जना नेकपामा प्रवेश

झापा, मङ्सीर ०१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगर ८ वडा कमिटीले अब पार्टी सञ्चालनका कार्यहरु पार्टीको वडा कार्यालय मार्फत गर्ने भएको छ । एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा झापा जिल्ला ईन्चार्ज रविन कोईरालाले नेकपा मेचीनगर ८ वडा कमिटीको कार्यालय उद्घाटन गरेका थिए ।

मेचीनगर ८ स्थित धिमाल गाँउमा आईतबार सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा झापा जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रिय सचिव प्रकाश भण्डारी, नेकपा झापा जिल्ला कमिटी सचिवालय सदस्य मिना पोख्रेल उप्रेती, नेकपा झापा जिल्ला कमिटी सदस्य तथा मेचीनगर ईन्चार्ज देवकुमार राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने नवप्रवेशीहरुलाई प्रमुख अतिथि कोईरालाले अबिर लगाई खदा पहिर्‍याएर स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेमा स्वतन्त्रबाट गणेश खरेल, नेपाली कांग्रेसबाट प्रेम श्रेष्ठ, पवन वि.क, सञ्जय राजवंशी, राजु दर्जी र नविन पौडेल रहेका छन् ।

कार्यक्रममा नेकपा झापा जिल्ला कमिटी सदस्य लालबहादुर थामी, नेकपा क्षेत्रिय सदस्य युवराज कट्टेल, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, सचिव राजु पोख्रेल, सदस्य दशरथ खडिया, सन्तोष मेचे, भुपाल सिवाकोटी, दिपेन्द्र रिजाल, सिता राई, तिलक दर्जीलगायत विभिन्न भातृ संगठन तथा नजवर्गिय संगठनका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

नेकपा मेचीनगर ८ वडा कमिटी अध्यक्ष कुन्दन निरौलाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत वडा ईन्चार्ज विकेन्द्र धिमाल र सञ्चालन वडा सचिव बिष्णु भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.