काठमाडौं, मंसिर २२ । स्ववियुले लगाएको तालाबन्दी विरुद्ध आयुर्वेद क्याम्पस कीर्तिपुर अनेरास्ववियूका विद्यार्थीहरुले आईतबार विरोध सभा आयोजना गरेका छन् ।
स्ववियुले विगत तीन हप्तादेखि प्रशासनिक भवनमामा तालाबन्दी गरेपछि क्याम्पसको प्रशासनिक कार्य ठप्प भएको छ ।

क्याम्पसमा तालाबन्दी भएपछि नियमित पठनपाठनमा अवरोध भएको भन्दै स्ववियुको विरोधमा विद्याथीहरु उत्रिएका छन् । तालाबन्दीले विद्यार्थीहरुको परीक्षाफलमा समेत ढिलाई भएको छ ।
बिसौँ वर्षदेखि नियमित रुपमा चलेको पाठ्यक्रमको परिमार्जनको कार्य करिब अन्तम चरणमा पुगिसक्ने अवस्थामा बाधा भएको र यस तालाबन्दीको कारणले अगामी नयाँ सत्रका विद्यार्थीहरुले नयाँ पाठ्यक्रम अनुसार पढ्न नपाउने लगभग निश्चित भइसकेको अवस्थामा विद्यार्थीहरुको नैसर्गिक अधिकारका लागि अनेरास्ववियू आयुर्वेद क्याम्पस कमिटि आन्दोलित भएको यस संस्थाका अध्यक्ष डा. विजय सापकोटाले बताउनुभयो ।
यदि तालाबन्दी यथाशिघ्र नखोलिएको खण्डमा अनेरास्ववियू अरु आन्दोलनका कार्यक्रमहरु अघि बढाउने पनि उहाँले बताउनु भयो ।

