खेलकुद

१३ औं सागको समापनमा प्रधानमन्त्रीले ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने

काठमाडौं, मंसिर २४ । दशरथ रंगशालामा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्नु हुँने भएको छ।

बुधबार ओलीले खेलाडीको नाममा सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्ने तयारी भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले जानकारी दिनुभएको छ। । उक्त प्याकेज खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज हुने बताइएको छ।

समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published.