झापा, मंसिर २६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा जलकुमार गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । काङ्ग्रेस निकट गुरुङले प्रगतिशील समूहका उमेद्वार ज्ञानुराम प्रसाईलाई दोब्बर मत अन्तरले पराजित गरेका हुन् । विहीवार साँझ घोषित परिणाम अनुसार गुरुङले १७०४ मत ल्याएका छन् । प्रसाईले ९२० मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि विर्तामोड नगरपालिकाको मेयरमा पराजित भएका गुरुङले खानेपानीको दोस्रो कार्यकालका लागि बिजय हासिल गर्दै पराजयको घाउमा मलम लगाएका छन् । परिणाम अनुसार खानेपानीमा लोकतान्त्रिक समूहका सबै उमेद्वार बिजयी भएका छन् । उपाध्यक्षमा निर्वाचित पर्शु सिटौलाले १६३७ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी बुद्धि घिमिरेले ९१८ मत ल्याए ।

सचिवमा मेघराज बाँस्तोला बिजयी भएका छन् । बाँस्तोलाको परिचित छविसँग प्रगतिशील समूहका जनबहादुर जवेगुले दोब्बर भन्दाबढी मतले हार व्यहोर्नु परेको छ । बाँस्तोलाले १७३८ मत ल्याइरहँदा जवेगुले ८३८ मत ल्याएका छन् । कोषाध्यक्षमा लोकतान्त्रिक समूहकी शारदा रिजाल बिजयी भइन् । उनी राप्रपाबाट काङ्ग्रेससँगको गठबन्धनमा उमेद्वार भएकी थिइन् । उनका प्रतिस्पर्धी कमल पौडेलले १०४७ मत ल्याए । रिजालले भने १५१० मत ल्याइन् ।

