मेचीनगर, जेठ ५ । प्रेस क्लब मेचीनगरले बुधबार नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहको हालको अवस्थाको बारेमा जानकारी लिएको छ ।
सञ्चारगृहमै पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९ को बखत सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाका बारेमा जानकारी लिएको हो ।
अहिलेको विषम परिस्थितिमा नगरबाट प्रकाशन/प्रशारण हुने सञ्चारमाध्यमहरुको अवस्था दयनीय रहेकाले स्थानीय सरकार मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई भेटेर नगरभित्रका सञ्चारमाध्यमहरुलाई लोककल्याणकारी विज्ञापन वापतको रकम उपलब्ध गराईदिन क्लबले आग्रह गरेको थियो ।
क्लबका निवर्तमान अध्यक्ष मुक्ति पौडेलले स्थानीय सरकारलाई मापदण्ड पुगेका सवै सञ्चारमाध्यमहरुलाई रकम उपलब्ध गराईदिन आग्रह गर्नुभएको क्लबका सचिव जीआर धितालले जानकारी दिए ।
क्लबको आग्रहप्रति नगरपालिका सकारात्मक रहेको र प्रक्रिया पु¥याएर रकम उपलब्ध गराउने आश्वासन नगरप्रमुख आचार्यले दिए । उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्षबाट नगरबाट प्रकाशन/प्रशारण हुने सञ्चारमाध्यमहरुका लागि वार्षिकरुपमा बजेट विनियोजन गर्ने विचार राखिन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व झापा शाखा अध्यक्ष मोहन काजी न्यौपानेलगायतले यस्तो परिस्थितीमा सञ्चारमाध्यमका बारेमा विचार गर्न स्थानीय सरकारलाई आग्रह गरेका थिए ।

साथै बुधबारनै क्लबले नगरभित्रबाट प्रकाशन/प्रशारण हुने सञ्चारमाध्यमहरुमा मास्क वितरण अभियानका क्रममा हरेक सञ्चारगृहमा पुगेर त्यसका सम्पादक प्रकाश तथा प्रतिनिधिहरुसँग क्लबले कुराकानी गर्दै हालको अवस्थाको बारेमा जानकारी लिएको सचिव धितालले जानकारी दिए ।
अभियानका क्रममा नगरभित्रबाट प्रकाशन/प्रशारण हुने दैनिक, साप्ताहि पत्रिका, अनलाईन न्यूज पोर्टल र रेडियोहरुमा पुगेर क्लबले सर्जिकल र अन्य मास्कको तुलनामा निक्कै गुणस्तरीय थ्रीवीओ ५५ र ५२ वटाको दरले मास्क वितरण गरेको उपाध्यक्ष शिशिर चम्लगाईँले बताए ।
उनका अनुसार लोकतन्त्र दैनिकका सम्पादक मोहन काजी, जन–संसद् दैनिकका प्रधान सम्पादक मुक्ति पौडेल, सेतोपत्र अनलाईनका सम्पादक ज्ञानेन्द्र निरौला, चौतारी पोस्टका सम्पादक जी एन शर्मा, एफएम मेची ट्यून्सका प्रवन्ध निर्देशक प्रज्वल घिमिरे, , मेरो मेचीनगर डटकमका प्रबन्ध निर्देशक सुजन प्रधान, खवरमञ्च अनलाईनका प्रकाशक सम्पादक प्रकाश पौडेल, छड्के अनुसन्धान, रेडियो सरगम र रेडियो साथीका प्रतिनिधिहरुलाई क्लबका अध्यक्ष लक्ष्मी उप्रेती, उपाध्यक्ष चम्लगाईँ, सचिव धितालसहितको टोलीले सर्जिकल र थ्रीवीओ ५५ र ५२ वटाको दरले मास्क वितरण गरेको हो ।
यसैगरी रातो पोस्ट दैनिकका प्रकाश सम्पादक दिलीप थापा, मेची आवाज साप्ताहिका प्रकाश सम्पादक डम्वर वराल, हाम्रो खवरपाटी अनलाईनका सचालक प्रधान सम्पादक युवराज आचार्यलाई क्लबका निवर्तमान अध्यक्ष मुक्ति पौडेल, पुर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् झापा शाखाका पूर्व अध्यक्ष मोहन काजी न्यौपानेले मास्क प्रदान गरेका थिए ।

साथै कोरोना संक्रमण पछि होम आइसोलेसनमा रहेका पत्रकारहरु राजु अधिकारी, सन्तोष आचार्य र पर्वत पोर्तेलको घरैमा पुगेर उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदैं मास्क प्रदान गरेको सचिव धितालले जानकारी दिए ।

