कला संघ \संस्था

उधौली पर्वको अवसरमा थामी समाज झापाद्वारा विविध कार्यक्रम

झापा, मंसिर २६ । नेपाल थामी समाज जिल्ला कार्य समिति झापा द्वारा थामी किरातीहरुको महान् पर्व उधौली भुमेदेवा पवको सन्दर्भ पारेर विविध कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांसद गोपाल बुढाथोकीले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले अब सबैले आ आफ्नो कला संस्कृती र भाषाको संरक्षण गर्न एक जुट भएर अगाडी बढ्नु पर्ने बताए । उनले भने अब हामी सचेत र संवेदनशील भएर नलाग्ने र अहिलेको जस्तै अवस्था रहिरहे अबको ५० बर्षमा हामी सबै नेपालीलाई भाषाको माध्यमबाट जोड्ने नेपाली भाषा पनि लोप हुने अवस्थामा पुग्ने निश्चित देखिन्छ । त्यसैले आफ्नो कला संस्कृती र भाषाको संरक्षणका लागि थामी समाजले आयोजना गरेको यस्ता सास्कृतिक कार्यक्रमहरुले थामी भाषा कला र सस्कृतीको प्रबद्र्धनमा सहयोग पुगेको उनले बताए ।

कार्यक्रममा बिशेष अतिथि मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले नेपाल बहु भाषी, बहु संस्कृतिको धनी देश भएकाले सबैले एक अर्काको कला संस्कृतिलाई आदर र सम्मान गर्नु पर्ने बताए ।

कार्यक्रममा मेचीनगर-८ का वडा अध्यक्ष बिकेन्द्र धिमाल, नेपाल थामी समाज केन्द्रीय अध्यक्ष सुखवीर थामी, थामी समाजका अग्रज शोभा थामी, आदर्श मावि व्यवस्थापन समिति अध्यक्ष अर्जुन पोख्रेल, नेपाल आदिवासी जनजाती महासंघ मेचीनगर सचिव चिरञ्जीवी खवासलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मेचीनगर नगरपालिका उपप्रमुख मिना उप्रेती, मेचीनगर-८ का वडा सदस्य सन्तोष मेचे, बिष्णुमाया बराईली, साझा मनोरञ्ज संस्था मेचीनगरका अध्यक्ष बिष्णु भट्टराई, नेपाल थामी समाज केन्द्रीय सदस्य कृष्ण थामी, आदर्श धिमाल समाजका पुर्व अध्यक्ष चित्र धिमाल, रघुनाथ धिमाल, पवन मेचेलगायतको आतिथ्यता रहेको थियो ।

मेचीनगर– ८ प्रतिभा टोलस्थित नेपाल थामी समाज सामुदायिक भवन परिसरमा बिहिबार गुरु आपा दवरा झाक्रि मुन्दुमबाट भुमेदेवा पुजा सम्पन्न गरी थामी जातीको झाकी सहित राष्टिय तथा स्थानिय कलाकारहको बेजोड प्रस्तुतीका साथ बृह्त सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

बृह्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त थामीकलाकारहरु सेरा थामी, शिखर थामी, सलीना थामी, पहल थामीलगायत स्थानिय कलाकार गम्भिरध्वज थापा, रुपेश पोख्रेल, रोशा फुयाल, माइकल थामी, प्रेम लिम्बु, रिना थामी, सुस्मिता तामाङ, अशोक थामी, पुजा थामी, सुगबिर थामीलगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

आयोजक समितिका अध्यक्ष लालबहादर थामीको अध्यक्षतामा आयोजना भएको कार्यक्रम युवराज आचार्य र सञ्जय थामीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.