अर्थ संघ \संस्था

६ हजार घुस लिँदा हवल्दार र इन्सपेक्टर पक्राउ

काठमाडौं, पुष १३ । रुपन्देहीस्थित विष्णुपुरा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरीका इस्पेक्टर तेजबहादुर जोरा र सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी पक्राउ परेका छन् । 

६ हजार रुपैयाँ घुससहित पक्राउ परेका सहायक हवल्दार चौधरीको बयानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले इन्सपेक्टर तेजबहादुरलाई पनि नियन्त्रणमा लिएको हो । 

चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सीमा नाकाबाट सामान ल्याउने स्थानीयसँग घुस मागेको अख्तियारले जनाएको छ । 

Leave a Reply

Your email address will not be published.