काठमाडौं, पुष १३ । रुपन्देहीस्थित विष्णुपुरा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरीका इस्पेक्टर तेजबहादुर जोरा र सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी पक्राउ परेका छन् ।
६ हजार रुपैयाँ घुससहित पक्राउ परेका सहायक हवल्दार चौधरीको बयानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले इन्सपेक्टर तेजबहादुरलाई पनि नियन्त्रणमा लिएको हो ।
चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सीमा नाकाबाट सामान ल्याउने स्थानीयसँग घुस मागेको अख्तियारले जनाएको छ ।

