काठमाडौं, पुष १७ । राष्ट्रिय युवा सञ्जालको संयोजकमा गण्डकी प्रदेशका विवेक त्रिपाठी चयन भएका छन् । राष्ट्रिय युवा परिषद, सानोठिमी भक्तपुरमा बिहिबार सम्पन्न भेलाले त्रिपाठीको नेतृत्वमा २१ सदस्यीय नँया कार्य समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रोजिना आचार्य क्षेत्री, सचिवमा सञ्जीप न्यौपाने, सहसचिवमा दिनेश कार्की, कोषाध्यक्षमा मुना तिवारी सर्वसम्मत चयन भएका छन् ।
समितिको सदस्यमा सरोज ढकाल, ललित ओझा, मोहम्मद शाहिल अन्सारी, सुवास ढकाल, रक्कीप्रसाद साह, दृष्टि थापा, पुजा वर्मा, भूमिका पोखरेल, गनिलालप्रसाद यादव, धनबहादुर शाही, दिपा रावल, उमा विश्वकर्मा, कतेन्जीयाङ्की भोटिया, दुर्गा आचार्य, एञ्जल लामा र विशाल विश्वकर्मा चयन भएका छन् ।
त्यसैगरी भेलाले प्रदेश ईन्चार्ज पनि चयन गरेको छ । जसमा प्रदेश नं १मा सरोज ढकाल (झापा), प्रदेश नं २ मा रक्कीप्रसाद साह (धनुषा), प्रदेश नं ३ मा सुवास ढकाल (काभ्रेपलाञ्चोक), गण्डकी प्रदेशमा रोजिना आचार्य क्षेत्री (कास्की), प्ररदेश नं ५ मा मोहम्मद शाहिल अन्सारी (बाँके), कर्णाली प्रदेशमा धनबहादुर शाही (कालीकोट) र सुदुरपश्चिम प्रदेशमा ललित ओझा रहेका छन् ।
राष्ट्रिय युवा सञ्जाल गठन तथा परिचालन सम्बन्धी आन्तरिक कार्यविधि २०७६ मा विषय क्षेत्रगत सञ्जाल बढीमा २५ सदस्सीय रहने व्यवस्था रहेको हुँदा बाँकी सदस्यहरु आवश्यतानुसार कार्यसमितिको बैठकले थप्ने जनाईएको छ । भेलामा सात वटै प्रदेशका करीब १०० जना युवाक्लबमा आवद्ध युवाहरुको सहभागिता रहेको थियो ।

