खेलकुद

प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको खेल तालिका सार्वजनिक

झापा, पुष २० । प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको खेल तालिका सार्वजनिक भएको छ । झापाको मेचीनगर–६ स्थित तुर्केनी खेलमैदानमा आगामी पुष २४ गतेबाट सञ्चालन हुने प्रतियोगिताको आयोजकले आइतबार खेल तालिका सार्वजनिक गरेको छ ।

४ लाख ६० हजार रुपैयाँ खर्च पूर्वानूमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजकमा मेचीनगर नगरपालिका र मेची नेत्रालय रहेको आयोजक समितिका अध्यक्ष विरु श्रेष्ठले बताए ।

प्रतियोगितामा आयोजक सहित १२ वटा टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । जसमा आयोजक मिलन क्रिकेट क्लब मेचीनगर, लालिगुरास क्रिकेट एकाडेमी शिवसत्ताक्षी, युनाइटेड क्रिकेट एकाडेमी विर्तामोड, बोस्टन क्रिकेट एकाडेमी विर्तामोड, आदर्श क्रिकेट एकाडेमी भद्रपुर, होराईजा क्रिकेट क्लब विराटनगर, धुलाबारी क्रिकेट क्लब मेचीनगर, बाहुण्डाँगी क्रिकेट एकाडेमी मेचीनगर, एन.सि.एस.एस झापा, मेची क्याम्पस क्रिकेट टिम भद्रपुर, द आर्ट अफ क्रिकेट सुनसरी र ईनिङ स्टार काठमाण्डौं रहेको छन् ।

माघ १ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशी पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.