अर्थ स्वास्थ्य

मृगौला पीडित बाबु छोरा बचाइदिन बिक परिवारको आग्रह

युवराज आचार्य

झापा, भाद्र २३ । दुबै मृर्गौला फेल भई हाल मृत्यु संग संघर्ष गरिरहेका बाबु छोराको उपचारमा सक्दो सहयोग गरिदिन परिवारजनले अपिल गरेको छन् ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ स्थित गाडागल्लीका ६३ बर्षिय पूर्ण बहादुर बिक र उनका ३८ बर्षिय छोरा दलबहादुर बिकको उपचारका लागि परिवारजनले यस्तो आग्रह गरेका हुन् ।

आफ्नै घरमा आरन चलाएर जिविको पार्जन गरिरहेका बिक परिवारका बाबु छोरा नै मृगौलाको समस्याबाट थलिए पछि परिवारमा ठुलै बज्रपात परेको छ । आर्थिक अवस्था कमजोर रहेको बिक परिवारमा बिरामीलाई उपचार गर्न समस्या परिरहेको छ ।

बुबा पूर्णबहादुर दुई महिनादेखी मृगौलाको नियमित डाइलेसिस गरिरहेका छन् । जेठा छोरा दलबहादुर बैदेशिक रोजगारीका लागि कतारमा २ बर्ष बसेर फर्की आए पछि भारतको बैंगलोरमा गएर होटलमा काम गर्दै गर्दा बिरामी भएर जाँच गराउँदा दुवै मृगौला फेल भएको चिकित्सकले जानकारी दिएका थिए ।

गहभरी आशु पार्दै पूर्णबहादुर भन्छन् । अब उपचार गर्ने अवस्था छैन । बाबु छोरै थलिएका छौं । घरको आर्थिक अवस्था अत्यन्त कमजोर छ । मृगौला प्रत्यारोपण गर्न धेरै पैसा लाग्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

झापामा उपचार गर्न समस्या भए पछि बाबु छोरालाई नै दुई महिनादेखि उपचारका लागि विराटनगरमा डेरा गरेर राखेको पुर्णबहादुरका माइला छोरा कमल बिकले बताए । उनिहरुलाई बिराटनगरको नोबेल मेडिकल कलेजमा हप्ताको दुई पटक डाइलासिस गराइरहेको छ ।

बुवा र दाजुलाई नै मृगौला सम्बन्धी रोग लागे पछि परिवारलाई संकट परेको छ । आर्थिक अवस्था कमजोर रहेको र उपचारमा ४० लाख बढी खर्च हुने भएको कारण सबै मनकारी सहयोगी मनहरुलाई उपचारमा सहयोग पुर्याई दिन बिक परिवारजनले आग्रह गरेका छन् ।

बिक बाबु छोराको उपचार र मृगौला प्रत्यारोपणका लागि बचाउ समिति नै गठन गरेर सहयोग संकलन गर्न थालिएको पूर्णबहादुर र दलबहादुर बिक बचाउ अभियानका संयोजक धनबहादुर सेञ्जुयुरीले बताए । बिक परिवारलाई उपचारमा सहयोग गर्न मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टिका मग्रान्तीले समन्वय गरिरहेको पनि संयोजक सेञ्जुयुरीले बताए ।

स्वदेश तथा विदेशमा रहनुहुने सहयोगी तथा मनकारी महानुभावहरुले बिक परिवारलाई उपचारमा सहयोग गर्न कमल बिकको नाममा रहेको प्रभु बैकको खाता नं.११६१०१००५३७४१७०००००२ मा सिधै सहयोग रकम जम्मा गर्दा हुने तथा जानकारीका लागि मो.नं. ९८१४९४९६९८,९८२८७९११८३ र ९८१६९५३२८७ मा सम्पर्क गर्न सक्ने परिवारले बताए ।

Leave a Reply

Your email address will not be published.