काठमाडौं, पुष २३ । सासूको हत्या आरोपमा तल्लो सिम्पानीका दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३ दर्लामचौरमा रहेको तल्लो सिम्पानीका दुई बुहारीले गहना लुट्ने योजना बनाएर ७६ वर्षीया सासू कौशिला विकको गोरुले हानेको बहाना बनाइ हत्या गरेको खुल्न आएको छ ।
विकको हत्या गर्नेमा आफ्नै कान्छी बुहारी २३ वर्षीया देवी विक र जेठाजुकी बुहारी वर्ष २८ वर्षीया लक्ष्मी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुई बुहारी देवी र लक्ष्मीले यही पुस १७ बेलुका सासू कौशिलालाई कुटपिट गरेर गम्भीर घाइते बनाएपछि घरको गोठमा लगेर गोरुले हानेको बहाना बनाएर छिमेकीमा हारगुहार गरेका थिए ।
गम्भीर घाइते विकको गुल्मी अस्पतालमा उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । विकको उपचारकै क्रममा चारदिन अघि मृत्यु भएको प्रहरीले जनाएका छन् ।
मृकतका श्रीमान शेरबहादुर विकले जिल्ला प्रहरी कार्यालय गुल्मीमा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिएपछि घटनाको बारेमा थप अनुसन्धान गर्दै जाँदा हत्याको रहस्य पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

