संघ \संस्था

अध्यक्षमा कार्की

झापा, माघ ४ । बाहुनडाँगी जेसीजको २०२० का लागि अध्यक्षमा सागर कार्की निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न शाखाको ९ औँ वार्षिक साधारणसभाबाट कार्कीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरिएको हो । शाखाका कार्यकारीणी उपाध्यक्षमा देबु बानियाँ र कौशल उप्रेती, उपाध्यक्षहरुमा सचिन आनन्द सुब्बा, विजेता भण्डारी, सुमन थापा र पुकारराज चौधरी सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयुक्त एवम पूर्व अध्यक्ष पुष्कर ढकालले बताए ।
हाँका अनुसार अन्य पदहरुमा भने पदहस्तान्तरणमा मनोनित गरिने छ ।
शाखाका २०१९ का अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्व संस्थापक अध्यक्ष नविन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष जीवन मोते, पूर्व अध्यक्षहरु पुस्कर ढकाल, सन्तोष सुवेदी, उत्तम सिठुङ, किरण नेपाल लगायतले बोलेका थिए ।
र्यक्रममा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष राजेश थापा र अध्यक्षको प्रतिवेदन कञ्चन उप्रेतीले प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष कमला शर्माले आस्था पाठ वाचन गरेकी थिइन् । कार्यक्रम संयोजक नित्यानन्द चम्लगाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन २०१९ का महासचिव देबु बानियाँले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.