संघ \संस्था

भूकम्प दिवसमा प्रभातफेरी

झापा, माघ २ । २२ औं राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर चन्द्रगढीमा प्रभातफेरी तथा सभा सम्पन्न भएको छ ।

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने मूल नारासहित लेखनाथ चोकबाट चेतनामूलक प्लेकार्डसहित निकालिएको ¥याली जिल्ला समन्वय समितिको सभाहल पुगेर सभामा परिणत भएको थियो ।

नेपाली सेनाका प्रमुख, नेपाल प्रहरीका उपरीक्षकत्रय, राष्ट्रसेवक कर्मचारीहरु, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रदेश सांसद बसन्त बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भू–कम्पको इतिहास, क्षति न्यूनिकरणका लागि अपनाउनुपर्ने सावधानी र भावी रणनीतिका बारेमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर निरौलाले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन लक्ष्मी गुरागार्इँले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.