राजनीति

नेकपाको निर्णय: सभामुखमा अग्‍नि सापकोटाको उम्मेदवार

काठमाडौं, माघ ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेता अग्‍निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकले अग्‍निप्रसादलाई पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बनाउने निर्णय भएको हाे ।

सभामुखको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएका थिए । सचिवालयमा अग्‍निप्रसादको नाम प्रस्ताव हुनुअघि दुई अध्यक्षले यो विषयमा सहमति गरेका थिए ।

यस्तैगरी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सहमतिकै आधारमा राजीनामा दिने तयारी गरेकी छिन् । उनले सोमबार राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ ।

प्रतिनिधि सभा बैठक सोमबार बोलाइएको छ । सो बैठकले सभामुख चयन प्रक्रिया सुरु गर्नेछ ।

Leave a Reply

Your email address will not be published.