समाचार

प्रदेश १ मा चार राज्यमन्त्री नियुक्त

विराटनगर,माघ ५ । १ नं. प्रदेशमा अाइतवार चार जना मन्त्री नियुक्ति भएका छन् । उनिहरूलाई मुख्यमन्त्री शेरधन राईले नियुक्त गरेका हुन ।

नियुक्त हुनेमा एक महिला, दुई जनजाति र एक मधेसी समुदायका छन् । जसमा ओखलढुङ्गाका अम्बिर गुरुङ, इलामका रामबहादुर रानामगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास छन् ।

गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, रानामगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, विश्वासलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

उनीहरुलाई मुख्यमन्त्री राईले आइतबार नै पद तथा गोपनियताको सपथ गराए । कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, सभामुख प्रदिप भण्डारी प्रदेशका मन्त्री, मुख्य विपक्षी दलका नेता राजीव कोइराला, सांसदहरु लगायतको सहभागिता थियो ।


Leave a Reply

Your email address will not be published.