झापा, माघ १३ । कहिले ठूलो हुन पाइन्छ? कहिले क्याम्पस पढ्न पाइन्छ? दिन भरीको यो बोरिङ क्लास बाट कहिले मुक्ति पाइन्छ, विहान ३-४ घन्टाको क्लास, ठुल-ठुला साथिहरुको ग्याङ,१ टा कपि बोकेर जादानी हुने, आफ्नै मर्जिले क्लास बस्न पाइने र सबै भन्दा ठूलो कुरा त सर लाई नसोधि भित्र बाहिर पस्न अनि निस्किन पाइने यस्तै कल्पना ले मलाइ छिट्टै ठूलो हुन प्रेरित गर्थे । दाजु दिदिहरु दिन भरी घरमा बसेको देख्दा सारै लोभ लाग्थ्यो । मेरो बसमा हुदो हो त केसेट फिलिमलाई जस्तो फास्ट फर्वट गरेर ठूलो भएको सिन मा पुग्ने रहर थियो। एउटा छुट्टै कल्पना थियो मेरो।
जब बिस्तारै ठूलो हुँदै स्कुल को यात्रा सकेर क्याम्पस छिर्न थालियो अनि बल्ल थाहा लाग्यो मैले गरेको कल्पना र परिभाषा भन्दा यथार्थ निकै पर रहेछ। मैले मेरो जिन् जिबनको सुनौलो पल लाई नै फास्ट फर्वोर्ड गर्न लगेको रैछु। जब आज बिधालय जाँदै गरेको स-साना भाइ बहिनी लाई देख्छु इनिहरु साचै जिबनको अविस्मरणीय पलहरु बिताउदैछ्न। नत कुनै चिन्ता,न त कमाउनु पर्छ भन्ने पिर, न त भबिस्य बनाउने तनाब, न त साथी भाइ प्रगति गर्दैछ्न म भने पछाडी छु भन्ने पिर,केही नगरी घरमा बस्दा घरकाले काम चोर भन्लान् कि , समाजले काम नलाग्ने मान्छे भन्ला कि भन्ने डर बस एउटा सामान्य आवश्यकता खान र खेल्न बेसमारी पाए पुग्ने।
एउटा गाउँ देखि अर्को गाउँ सम्म दिनभरी आफ्नु ग्याङ सग खाल्ली खुट्टै, कहिले चपल हातमा बोकेर कुद्दा, भाडाकुटी अनि त्यसमा बेहुला बेहुली भन्दै लाजाउदै खेलेको याद गर्दा साच्चै टाइम मेसिन हुदो हो त त्यही बालापन\बिद्यार्थी जिबन्मा फर्किन मन छ एकै दिन सहि तर त्यही साथीहरु सग ब्याग बोकेर ,त्यही ब्रेन्च मा स्कुल गएर पढ्न मन छ। फेरि त्यही साथिहरु सग भाडाकुटी खेल्दै,ओल्लो गाउँ पल्लो गाउँ गर्न मन छ।
लबर पिङ र चुङ्गी,सो र पिट्टु लडाइ,कबडी र रेस्लिङ काड,खोपी र गुच्चा मा जुन मज्जा थियो त्यो अहिलेको pubg र free fire ले पूरा गर्दैन । साथिको हातमा भएको खानेकुरा खादाको मज्जा महँगो महँगो होटलको खाना ले पूरा गर्न सक्दैन। रुखको मुनि बसेर को भन्दा को खतरा भन्दै गफ हान्दाको आनन्द वाइ फाइ को मुनि दिन भर अन्लाईन बसि च्याटिङ गर्दा आउदैन।
साच्चै निस्वार्थ साथिभाइहरुको सम्बन्ध लाई छोडेर स्वार्थको सन्सारमा पाइला राख्न मालाइ हतार थियो। त्यो सुनौलो बालापनलाइ छोडेर मलाइ ठूलो हुन हतार थियो। आमा ले ५ रुपैयाँ दिदा सन्सार कै धनी मान्छे सम्झिने समय बाट जसरी भए पनि धेरै कमाउनु पर्छ भन्ने दुनिया मा छिर्न मालाइ हतार थियो । म त्यो दिन गलत थिये । मलाइ छिट्टै ठूलो हुने रहर थियो । लेखक:आशिष पौडेल मेचीनगर-९, झापा

