काठमाडौं, माघ १३ । गायिका आस्था राउत पक्राउ परेकी छिन् । त्रिभुवन विमनस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले दिएको प्रहरी प्रतिवेदनको आधारमा उनि पक्राउ परेकी हुन् । उनलाई आफन्तले नै महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
त्रिभुवन विमास्थलबाट १ माघमा झापा जाँदै गर्दा सुरक्षा जाँच गर्न खटिएकी प्रहरी जवान रमिशालाई उनले दुर्व्यवहार गरेकी थिइन् । तर, आस्थाले सामाजिक सञ्जालमा आफूमाथि प्रहरी जवानले सम्मान नगरेको भन्दै अपशब्द प्रयोग गरेर भिडीयो बयान पोष्ट गरेकी थिइन् ।
माघ ५ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थियो । काठमाडौं प्रहरीमा उनीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको छ ।

