झापा, माघ १५ । मेचीनगर-६ स्थित काँकरभिट्टाबाट विगत डेढ दशक अघिदेखि निरन्तर दैनिक रूपमा प्रकाशित जन-संसद राष्ट्रिय दैनिकले पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

भानु साहित्यिक प्रतिष्ठानको सभाहलमा बुधबार सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णप्रसाद उप्रेतीले नव निर्वाचित अध्यक्ष केशबराज पाण्डेलाई माइन्युट हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष उप्रेती, उपाध्यक्ष क्या.गोपीलाल लिम्बु र जन-संसदका सह सम्पादक डम्मरू बराल (डम्बर)लाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख विमल अाचार्यले जनताको सुचना प्राप्तीको हकलाई अक्षरस पालना गर्न पत्रिकाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा संस्थापक सदस्य बिजय डालमिया, नेपाली कांग्रेस मेचीनगर सभापति ईन्द्रबहादुर बुढाथोकी, राप्रपा नगर अध्यक्ष शुशिल अाचार्य, समाजवादी पाटी नगर अध्यक्ष अोमप्रकाश खापुङ, ईलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख राजेन्द्र पोखरेललगायतले मन्तव्य राखेका थिए ।

सशस्त्र प्रहरी नायव उपरिक्षक ज्ञानमणी पैडेल, ट्राफिक प्रहरी नायव निरिक्षक कालिदाश रेग्मी, लोकतन्त्र पोष्टका प्रधान सम्पादक झुलन रेग्मी, सम्पादक मोहन काजीलगायतको अातिथ्यता रहेको थियो ।
कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जन-संसद राष्ट्रिय दैनिकका सम्पादक मुक्ती पौडेलले गरेका थिए ।

