काठमाडौं, माघ १४ । गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।
अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप लागेपछि राउतले सोमबार आफैँ प्रहरी कार्यालय पुगेकी थिइन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

