कला समाचार

भोलि सार्वजनिक बिदा

झापा, माघ २५ । झापाका तीनवटा स्थानीय तहले भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

महाभारतकालीन किंवदन्तीसँग जोडिएको झापाको भद्रपुरमा मनाइने किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका साथै कचनकवल र हल्दिबारी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन ।


प्रत्येक वर्ष माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी ब्रत समाप्तिका दिन धार्मिक परम्पराअनुसार भद्रपुर २ र ३ नम्बर वडामा रहेको किचकबधमा मेला लाग्ने गरेको छ । यस वर्ष भोलि आइतबार मेला लाग्ने भएको छ ।

किचकबधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघ शुक्ल पूर्णिमाका दिन पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा ब्रतालु भक्तजनहरूको इच्छाएको मनोकामना पूरा हुने गरेको धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published.