झापा, बैशाख १६ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आलोपालो प्रणालीमा सेवा दिने भएको छ । भीडभाड कम गर्न १५ वटा स्थानिय तह रहेको झापामा अब बार अनुसार स्थानिय तहलाई सेवा प्रदान गर्न लागिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
विशेषगरि नागरिकता र नागरिकताको प्रतिलिपि लिन आउनेको चाप बढी भएको भन्दै प्रशासनले बैशाख १६ गते बिहिबार बाट आलोपालो सेवा प्रवाह गर्ने जनाएको हो ।
जस अनुसार अब आइतवार मेचीनगर, बुद्धशान्ती, सोमवार भद्रपुर, कचनकवल, मंगलवार विर्तामोड, बुधबार कनकाई, झापा गाउँपालिका, बिहीवार बाह्रदशी , हल्दिवारी र शुक्रवार अर्जुनधाराका नागरिकले सेवा पाउने छन् । दमक र गौरीगञ्जका नागरिकले भने हरेक दिन सेवा पाउने प्रशासनले जनाएको छ ।
त्यसैगरी अन्य पालिकाका नागरिकले भने तोकिएको दिनबाहेक अन्य दिनमा सेवा नपाउने प्रशासन कार्यालयले जनाएको छ ।

