स्वास्थ्य

झापामा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

झापा, बैशाख १६ । झापामा पछिल्लो २४ घण्टामा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ४५ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेमा २३ जना महिला र २७ जना पुरुष रहेका छन् । आज संक्रमित हुनेमा दमक नगरपालिकामा २ जना Read More…

स्वास्थ्य

झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

झापा, बैशाख १६ । झापामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३२ पुगेको छ। कोरोना संक्रमणबाट अर्जुनधारा ६ का एक जना पुरुषको मृत्यु भएको हो। उनको उपचारका क्रममा बिहीबार विहान कोशी अस्पताल विराटनगरमा मृत्यु भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। ती संक्रमितका परिवारका चार जना Read More…

संघ \संस्था

जिल्ला प्रशासन कार्यालय झापामा आजबाट आलोपालो प्रणालीमा सेवा

झापा, बैशाख १६ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आलोपालो प्रणालीमा सेवा दिने भएको छ । भीडभाड कम गर्न १५ वटा स्थानिय तह रहेको झापामा अब बार अनुसार स्थानिय तहलाई सेवा प्रदान गर्न लागिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । विशेषगरि नागरिकता र नागरिकताको प्रतिलिपि लिन आउनेको चाप बढी भएको Read More…

खेलकुद

म्यान्चेष्टर सिटीद्वारा पीएसजी पराजित

काठमाडौं, बैशाख १६ । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्हाेसको गोलमा अग्रता लिएको थियो । एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै मार्कुन्हाेसले हेड गोलमार्फत पीएसजीलाई Read More…

खेलकुद

आईपीएल: चेन्नई शीर्ष स्थानमा

काठमाडौं, बैशाख १६ । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको Read More…