झापा, बैशाख १६ । झापामा पछिल्लो २४ घण्टामा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ४५ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेमा २३ जना महिला र २७ जना पुरुष रहेका छन् ।
आज संक्रमित हुनेमा दमक नगरपालिकामा २ जना महिला ४ पुरुष, बिर्तामोड नगरपालिकामा ६ महिला १२ जना पुरुष, मेचीनगर नगरपालिकामा ५ महिला ५ पुरुष, भद्रपुर नगरपालिकामा ४ महिला १ पुरुष, कनकाई नगरपालिकामा १ महिला १ पुरुष, हल्दिबारी गाउँपालिकामा १ महिला, अर्जुनधार नगरपालिकामा २ पुरुष, गौरीगंज गाउँपालिकामा ३ महिला १ पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिला, बाह्रदशी गाउँपालिकामा १ पुरुष रहेका छन् ।
झापामा आजसम्म ३८ हजार ९ जनाको पिसिआर सव संकलन गरिएकोमा ४ हजार ९ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ हजार ५ सय २७ जना डिस्चार्ज भईसकेका छन् । आईसोलेसनमा २ सय ८५ जना रहेका छन् ।
त्यसैगरी आज झापाका एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा वडा नम्बर ६ बस्ने बर्ष ३५ का पुरुष रहेका छन् । उनको कोशी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
योसंगै झापामा हाल सम्ममा कोरोना भाईरसको कारणबाट १ सय ३३ जनाको मृत्यु भईसकेको छ । हाल झापामा कोरोना संघ लडिरहेकाहरु ४५ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

