स्वास्थ्य

झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

झापा, बैशाख १६ । झापामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३२ पुगेको छ।

कोरोना संक्रमणबाट अर्जुनधारा ६ का एक जना पुरुषको मृत्यु भएको हो।

उनको उपचारका क्रममा बिहीबार विहान कोशी अस्पताल विराटनगरमा मृत्यु भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ।

ती संक्रमितका परिवारका चार जना संक्रमित भएका थिए। दुईजनालाई उपचारका लागि विराटनगर लगिएकोमा एकजनाको मृत्यु भएको जनाइएको छ।